
जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनकाक्रममा व्यवसायीले व्यवसाय दर्ता नगरेको भेटिएपछि १५ दिनभित्र दर्ता गराउन निर्देशन दिइएको छ ।
जिल्लाका उत्तरी भेगका अधिकांश होटल, खुद्रा पसल, मासु पसल, कपडा पसलहरुले प्यान बिल, भ्याट बिल तथा सामानको दररेटसमेत नराखेको भेटिएपछि व्यवसायीलाई कार्यालयले दर्ताका लागि निर्देशन दिएकोे हो ।
अनुगमनकैक्रममा प्रशासनले म्याद नाघेका र मूल्य नलेखिएका सामान जफतसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्