
काठमाडौं, कात्तिक २० । सरकारले पटाका आयतलाई पूर्णप्रतिबन्ध लगाएपनि रोकिएको छैन ।
तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैधरूपमा प्रशस्त पटाका भित्रिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताए ।
उनले भने–‘पटका पड्काउन पूर्णप्रतिबन्ध छ । तर, खुला सिमानाका कारण तस्करी भने रोक्न सकिएको छैन । गत वर्षको तुलनामा यस वर्ष ७० प्रतिशत तस्करी नियन्त्रण भएको छ ।’
प्रहरीले पटाकाको बिक्री–वितरण तथा प्रयोग गर्नेमाथि कारबाही हुने बताएपनि तस्करहरूले साइकलमा राखेर पटाका बिक्री गर्दै आएका र पटका प्रयोगकर्तामा पनि त्यसको कुनै असर परेको पाइँदैन । रासस
प्रतिक्रिया दिनुहोस्