
प्राविधिक कारण देखाउँदै संघीय संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठक स्थगित भएको हो ।
संघीय संसदको दुईओटै सदनको बैठक बसेर संयुक्त बैठक सन्चालनसम्बन्धी कार्यविधि पारित गर्ने कार्यसूची रहेपनि संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्राविधिक कारणवश बैठक स्थगित भएको बताए ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठक आगामी असार ३ गते बस्नेछ ।
यसअघि, प्रतिनिधिसभा र राष्ट्रियसभाले आ–आफ्नो बैठकको कार्यसन्चालन नियमावली पारित गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्