
नवराज छत्कुली (इमेज)
धादिङ, असार ११ । मोबाइल एप्लिकेसन इमो र भाइबरबाट फोन गरी चिट्ठा परेको बहानामा रकम ठगी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा रुपन्देहीको लुम्बिनी नगरपालिका वडा नम्बर–१ का ३५ वर्षीय सुरेशकुमार गौड र वडा नम्बर–४ का २८ वर्षीय फतह मोहम्मद मुसलमान रहेका जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर–४, बिमिरेका रामबहादुर परियारको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्रिएको हो ।
रामबहादुरले नगद ४ लाख ५० हजार रुपैयाँ आइएमई गरी उनीहरुको नाममा पठाएको र थप एक लाख मागेपछि उनीहरुप्रति शंका लागेर रामबहादुर प्रहरीको शरणमा गएका थिए ।
सोही घटनामा संलग्न अरु तीनजना भने अझै फरार रहेकाले उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्