
सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिएपनि राजपाका सांसद रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको बताए ।
नेता झाले नेपालको संविधान जारी भएको तीन वर्षमा संघीयतालाई कार्यान्वयन गर्न धेरै संघीय कानुन बनाउन बाँकी रहेको बताउँदै ‘आगामी असोज ३ भित्र कानुन जसरी पनि बनाउनुपर्छ’–भने ।
अर्को प्रसंगमा उनले प्रदेश नम्बर–२ मा राजपा र संघीय समाजवादी फोरम नेपालको सरकार रहिरहने तथा त्यहाँको सरकारलाई राजपाको पूर्णसमर्थन रहने बताए । रासस
प्रतिक्रिया दिनुहोस्