मूल्यबृद्धिको विरोधमा विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाए • Image Khabar Image Khabar


मूल्यबृद्धिको विरोधमा विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाए


Imagekhabar
२९ जेष्ठ २०७५, मंगलवार ०८:४०

मूल्यबृद्धिको विरोधमा विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाए

काठमाडौं, जेठ २९ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघका विद्यार्थीहरुले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

मंगलबार विहानै बेसीशहरको भीमसेनथान चोकमा सयौंको संख्या भेला भएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

नेवि संघ नेता सुवास अधिकारीको अगुवाइमा पार्टी कार्यालयबाट मनाङ चौतारा, सेराचोक हुँदै सुरु भएको जुलुस चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सोमबार साँझ मसाल जुलुसको तयारी गरिरहेका विद्यार्थीहरुलाई प्रहरीले कडा निगरानी गरेपछि सिटी जुलुस प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्