२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमर्जेन्सीबाहेकका सबै सेवा बन्द


0
Shares

पर्वत । जिल्ला अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएसँगै अस्पतालले आजदेखि इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको छ ।

पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको बताइएको छ ।

अस्पतालका सात जनाको नमूना परीक्षण गरिएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।