Logo १९ जेष्ठ २०८३, मंगलबार | Wed Jun 3 2026


मसानघाटमा बैंक तथा वित्तीय संस्थाले लगानी गरेको करोडौं रकम जोखिममा


0
Shares

बारा । बाराको जितपुर सिमरा उपमहानगर ४ स्थित मसानघाटको ६ बिगाहा ८ कठ्ठा सार्वजनिक जग्गामा बैंक तथा वित्तीय संस्थाले गरेको लगानी जोखिममा परेको छ ।

जग्गा खरीद गर्न र भौतिक संरचना निर्माण गर्न मसानघाटको लालपूर्जा राखेर ऋणमा कारोबार गरेकाहरुले कम्पनीहरुसँग पैसा फिर्ता लिएपछि मात्र किस्ता सावाँ ब्याज बुझाउँछौ भनेर ऋणीले वित्तीय संस्थाहरुलाई जवाफ फर्काउन थालेपछि बैक वित्तीय संस्थाको करोडौं रकम जोखिममा परेको हो ।

मसानघाट जग्गाका बारेमा अख्तियार र उच्चस्तरीय जग्गा छानबिन दुई आयोगको निणर्य पूर्व नै प्रोपर्टी म्यानेजमेन्ट कम्पनीका सञ्चालक इच्छाबहादुर वाग्लेसँग खरीदकर्ताले बैंक तथा वित्तीय संस्थाको दवाव बढेको भन्दै पैसा फिर्ता माग्न थालेका छन् भने केहि उद्योगीले कानुनी उपचार खोज्ने बताएका छन् ।

कम्पनीका सञ्चालक वाग्लेले मसानघाटको १६ सय ५७ नम्बर ठूलो प्लटमा सिभिल बैंक कमलादी काठमाडौबाट कर्जा लिएका छन् भने खरीदकर्ता एभरग्रिन हस्पिटलले सिद्धार्थ बैंक र विभिन्न विकास बैकहरु, सहकारी लगायतका वित्तीय संस्थाबाट कर्जा लिई जग्गा खरीद गरेपछि बैंक तथा वित्तीय संस्थाको लगानी संकटमा पर्न थालेको हो ।