सुनकान्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग • Image Khabar Image Khabar


सुनकान्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग


Imagekhabar
११ असार २०७५, सोमबार ०५:४५

सुनकान्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

काठमाडौं, असार ११ । प्रतिनिधिसभाको बैठकमा सोमबार विनियोजन विधेयक २०७५ अन्तर्गत् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुंगिएको छ ।

छलफलमा सहभागी सांसदहरुले साढे ३३ किलो सुनकान्डका ठूला अपराधीलाई समात्न र सहिद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गरे ।

डोल्पामा सडक बनाउन, कन्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सन्चालन गर्न र ‘सिन्डिकेट’लाई पूर्णरुपमा अन्त्य गरी यातायात क्षेत्रलाई व्यवस्थित बनाउन बजेटको व्यवस्था गर्न पनि उनीहरुले माग गरे ।

सोमबारको छलफलमा सांसदहरु रामबहादुर विष्ट, सरलाकुमारी यादव, नरबहादुर धामी, पद्म गिरी, कृष्णप्रसाद दाहाल, विमला विक, राजेन्द्र लिङ्देन, मनकुमारी जिसी र दुर्गाकुमारी विश्वकर्माले भाग लिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्