कुवेतबाट आएका नौ महिलासहित सिन्धुपाल्चोकमा १८ जनामा कोरोना संक्रमण • Image Khabar Image Khabar


कुवेतबाट आएका नौ महिलासहित सिन्धुपाल्चोकमा १८ जनामा कोरोना संक्रमण


Imagekhabar
५ असार २०७७, शुक्रबार ०७:५५

sindhupalchwok

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनको गरी जम्मा २६ जनाको स्वाव संकलन गरि असार १ गते परिक्षणको लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएकोमा मेलम्चीको क्वारेन्टाइनमा रहेका ५ जना र बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै सिन्धुपाल्चोकमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार गएराति आएको रिपोर्टमा १८ जनाको पिसीआर पोजेटिभ देखिएको हो ।

संक्रमितहरु पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् ।

उनीहरुमध्ये ९ जना महिला, सातजना पुरुष रहेका छन् । कुवेतबाट आएका १० महिलामध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु जेठ २९ गते स्वदेश फर्केका थिए ।

त्यस्तै दोलखाबाट आएका पाँच पुरुष र भोजपुरबाट आएका चार पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उनीहरु १८ देखि ४१ वर्ष उमेर समुहका छन् । यसअघि इन्द्रावतीका दुई, पाँचपोखरीका दुई र बाह्रबिसे नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

जसमध्ये एकजनाको मृत्यु भएको छ, भने एकजना निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्