
विराटनगर, कात्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तत्काल मन्त्रिपरिषद पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रिपरिषद पुनर्गठनको अवस्था अहिले नै नआएको स्पष्ट पारे । सरकारले चुनावी घोषणापत्र अनुुसार काम गरिरहेको भन्दै उनले केही महिनाभित्रै जनतालाई सरकारको कामको अनुभुति हुने जिकिरसमेत गरे ।
अध्यक्ष दाहालले हिलो–मैलोले सरकारको गियर एक नम्बरमा रहेको भन्दै अब गियर फेरेर आफ्नो गति बढाउने बताए । पार्टी एकीकरणबारे बोल्दै उनले केन्द्रमा विवाद भएर ढिलाइ भएको नभइ समस्या नआओस् भनेर ढिलो गरिएको बताए । भविष्यमा आउन सक्ने समस्यालाई अहिले नै समाधान गरेर अघि बढ्ने क्रममा केही ढिलाइ भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्