१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


गुटगत राजनीतिले थलिएको नेविसंघ (भिडियो)


0
Shares

शंकर खनाल/राम डंगोल (इमेज)

काठमाडौं, असार ११ । नेपाली कांग्रेसभित्र गुटगत राजनीतिको चर्को आलोचना हुँदैगर्दा कांग्रेसको ‘नर्सरी’ मानिएको नेपाल विद्यार्थी संघभित्र पनि गुटगत राजनीतिले उत्तिकै जरा गाड्न थालेको छ ।

जसले गर्दा माउ पार्टी कांग्रेस र सिंगो नेपाल विद्यार्थी संघभित्र नै नकारात्मक असर पर्न थालेको छ ।

माउ पार्टी नेपाली कांग्रेसलाई गुटगत राजनीतिको पाठ सिकाउने नेपाल विद्यार्थी संघ आफैं गुटगत राजनीतिका कारण खोक्रो बन्न थालेको छ ।

नेपाली कांग्रेस उत्पादन गर्ने नर्सरीकारुपमा हेरिएको नेविसंघभित्रको त्रिगुटीय राजनीतिका कारण नेविसंघ आफैं धराशायी बन्दा उसले अझैपनि कांग्रेसभित्रको गुट–उपगुटको कुरा गर्न छाडेको छैन । नेविसंघ आफैं गुट–उपगुट र आन्तरिक विवादले थलिएको छ ।

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट नेतृत्वका कारण नेविसंघभित्रको विवाद अन्त्य हुन नसकेको बताउँछन् । विद्यार्थी संघ नीतिभन्दा नेतामुखी बन्दा समस्या थपिएको उनको बुझाइ छ ।

संस्थापन पक्षका नेविसंघका प्रवक्ता प्रेमराज जोशी नेविसंघलाई एकताबद्ध बनाउन खोज्दा विधान र विधि नमान्दा समस्या थपिएको बताउँछन् ।

संगठनभित्रको आन्तरिक राजनीतिमात्र नभइ नेतृत्वलाई पाखा लगाउने चरित्रका कारण विवाद सामधान हुन नसकेको उनको बुझाइ छ ।

त्यसो त आफूभित्रको विवादका कारण आफूमात्र नभइ सिंगो पार्टीलाई असर परेको कुरा नेविसंघले बुझेर पनि बुझपचाइरहेको छ ।

आजको नेविसंघको भविष्यबाट नै भोलिको कांग्रेसको भविष्य निर्धारण हुने हो । तर, मुहान नै धमिलो भएपछि कांग्रेस कसरी सफा होला ? यसको चुरो कुरा न पार्टीले बुझेको छ न त नेविसंघको राजनीति गर्ने विद्यार्थीहरुले नै ।

तर, यति हुँदा पनि संगठनभित्रको एकतामा गुट–उपगुटमा विभक्त विद्यार्थी संगठनले आफ्नैमात्र दुहाइ गरिरहेका छन् ।

भिडियो हेर्नुहोस्