Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बोक्सी भन्दै कुटपिट, पीडितलाई उल्टै ५० हजार जरिवाना !


0
Shares

काठमाडौं, कात्तिक १९ । घरायसी र लेनदेख विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् ।

विवाद मिलाउन बसेको पञ्चायतले पिटिएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित आइतबार जनकपुर आइपुगेकी मण्डलले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पीडा सुनाइन् ।

उनका पति इन्द्रजित मण्डल दुबईमा छन् । सम्पत्तिका विषयमा परिवारमा किचलो छ । त्यही किचलोका कारण जेठाजु इन्दल मण्डलले उनलाई बोक्सी आरोप लगाउँदै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलले जनाएको छ । सेलले कुटपिट गर्ने पक्षलाई सोमबार छलफलका लागि बोलाएको छ । –कान्तिपुर दैनिकबाट