११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षति : दाहाल


0
Shares

काठमाडौं, कात्तिक १८ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आइतबार दिउँसो दिवंगत भएका मानवअधिकारकर्मी एवं नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले उपचारमा संलग्न चिकित्सकहरुसित तुलाधरको पछिल्लो स्वास्थ्यस्थितिकाबारेमा जिज्ञासा राखेका थिए ।

अध्यक्ष दाहालको सचिवालयकाअनुसार अस्पतालमा ल्याइपुर्‍याउँदा तुलाधर अचेत भइसकेको चिकित्सकहरुले दाहाललाई जानकारी गराएका थिए ।

दाहालले सन्चारकर्मीहरुसित कुरा गर्दै तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताए ।

तुलाधर जनआन्दोलन र सांस्कृतिक आन्दोलनको सम्वर्धनको क्षेत्रमा ऐतिहासिक भूमिका खेल्ने पात्र भएको उनको भनाइ थियो ।

‘उहाँले नेपालको शान्ति–प्रक्रियाका लागि वातावरण बनाउन मध्यस्तकर्ताकारुपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो’–अध्यक्ष दाहालले भने ।

यस्तै, अध्यक्ष दाहालले एक शोक विज्ञप्ति जारी गर्दै पञ्चायतविरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा तुलाधरले खेलको भूमिका सदास्मरणीय रहेको उल्लेख गरेका छन् ।