२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेकपाभित्र विचलनको संकेत : सापकोटा


0
Shares

काठमाडौं, कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले पार्टीभित्र विचलन आउन थालेको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेकपाको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा नेता सापकोटाले पार्टीभित्र विचलनको संकेत देखिएको बताए ।

दुईतिहाइ बहुमतप्राप्त सरकारले सबैभन्दा पहिले शासकीय गुण बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

नेता सापकोटाले गाउँदेखि केन्द्रसम्म पार्टीलाई एकताबद्ध गर्दै सुदृढ पार्न नेतृत्वले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

यतिबेला पार्टीको कमजोरीलाई टेकेर सरकार असफल बनाउने प्रयासमा प्रतिपक्षी दल नेपाली कांग्रेस लागेको भन्दै उनले सरकार आफ्नो लक्षप्रति कत्ति पनि नडगमगाइ अगाडि बढ्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा नेता अमृतकुमार बोहराले सरकारले रणनीतिक काममा सफलता हासिल गरेको दाबी गरे ।

उनले छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई सुदृढ पार्दै बहुआयामिक सम्झौताहरु भएकाले विकासका सम्भानाहरु अब द्रुतगतिले अघि बढ्ने विश्वास व्यक्त गरे ।

नेता बोहराले अब बस्ने स्थायी कमिटीको बैठकमा नेताहरुबीच देखिएको दूरीलाई समाप्त पार्दै पार्टीलाई एकताबद्ध बनाउन आ–आफ्नोतर्फबाट भूमिका खेल्न नेताहरुलाई आग्रह गरे ।