चीन भ्रमण सकेर आएका प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने • Image Khabar Image Khabar


चीन भ्रमण सकेर आएका प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने


Imagekhabar
१० असार २०७५, आईतवार २३:५१

चीन भ्रमण सकेर आएका प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्ग, उर्जा, जलस्रोतलगायतका विषयमा सहमति भएको थियो ।

चीन भ्रमणमा जानुअघि पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई सम्बोधन गर्दै आफ्ना एजेन्डाबारे जानकारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्