
विवेक भण्डारी (इमेज)
नवलपुर, कात्तिक १५ । एकसिङे गैंडा संरक्षण गर्ने उद्देश्यले बिहीबारदेखि नवलपुरमा १५औं राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
मध्यविन्दु राइनो रंगशालामा भएको उद्घाटन खेलमा आयोजक नवलपुरले रुपन्देही–११ लाई १–० ले हरायो ।
नवलपुरको जितमा ६२औं मिनेटमा सवी गुरुङले गरेको गोल नै निर्णायक बन्यो ।
१२ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले चार लाख ९९ हजार ५५५ रुपैयाँ र उपविजेताले दुई लाख ५५ हजार ५५५ रूपैयाँ पुरस्कार पाउने जनाइएको छ ।
वन र वन्यजन्तकोु संरक्षण गर्ने मुख्य उद्देश्यले विगत १५ वर्षदेखि प्रतियोगिता गर्दै आएको खेलका संयोजक दोमनबहादुर भण्डारीले बताए ।
प्रतियोगिता यही कात्तिक २९ गतेसम्म सन्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्