Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेकोे उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा आज बिहानसम्म निकै सुधार आएको उपचारमा संलग्न डाक्टर उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

अहिलेकै गतिमा स्वास्थ्यमा सुधार आए प्रधानमन्त्रीलाई एकदुई दिनभित्रै डिस्चार्ज गरिने डाक्टर श्रेष्ठले जानकारी दिए ।

आज बेलुका सबै परीक्षणका रिपोर्टहरु हेरिने र त्यसमा पनि नर्मल आए प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने चिकित्सकहरुले बताएका छन् ।

डिस्चार्ज गरे पनि एक हप्तासम्म उनलाई कडा निगरानीमा राखिने छ ।