काठमाडौं, कात्तिक १४ । वर्तमान सरकार संघीयता कमजोर पार्ने खेलमा लागेको आरोप नेपाली कांग्रेस समर्थित बुद्धिजीवीहरुले लगाएका छन् ।
बुधबार राजधानीमा कांग्रेसको महासमिति बैठकका लागि राजनीतिक दस्तावेज तयार पार्न डाकिएको छलफलकाक्रममा उनीहरुले सरकारले नै प्रदेश, संघ र केन्द्रबीच द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाए ।
सहभागीहरुले संघीयता र गणतन्त्रको स्वामित्व कांग्रेसले लिनेगरी दस्तावेज तयार पार्नुपर्ने सुझाव दिएका थिए ।
न्यायालयको स्वतन्त्रता गुमेको भन्दै संविधान बनाउँदा गरेका सम्झौतालाई कांग्रेसले सच्चाउनुपर्ने माग पनि उनीहरुले गरेका छन् ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले सुझावलाई समेटेर दस्तावेज बनउने आश्वासन सहभागीहरुलाई दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्