काठमाडौं, कात्तिक १४ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत् ललितपुरको खोकना र बुङमतिको स्थलगत निरीक्षण गर्ने भएको छ ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले बिहीबार (भोलि) खोकना र बुङमति क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दाको समस्या सुन्ने निर्णय गरेको हो ।
द्रुतमार्ग निर्माणमा संलग्न कुनैपनि पक्षलाई निर्देशन दिन नभइ त्यस क्षेत्रका प्रभावित जनताको समस्या सुन्नेमात्रै उद्देश्य रहेको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।
बैठकमा समितिका सदस्य दिलेन्द्रप्रसाद बडूले द्रुतमार्ग निर्माणको निरीक्षण अन्य समितिको कार्यक्षेत्र पर्ने भएकाले अरुसित पनि समन्वय गर्नुपर्ने बताएका थिए ।
सभापति श्रेष्ठले द्रुतमार्ग निरीक्षणका लागि उपसमिति गठन गर्ने प्रस्ताव गरेपनि समितिका सदस्यहरुले अस्वीकार गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्