Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सरकारको लोकप्रियतामा कुनै कमी आएको छैन : मन्त्री यादव


0
Shares

विराटनगर, कात्तिक १४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले जनादेशअनुसार काम गरेकाले सरकारको लोकप्रियतामा कुनै कमी नआएको जिकिर गरेका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले मुलुक समृद्धिको बाटोमा अगाडि बढेकाले सरकारको लोकप्रियता अझ बढ्ने बताए ।

चिनीको बिक्री मूल्य ७० रुपैयाँ तोकेकाले बढी असुल्ने व्यापारीलाई कारबाही हुने मन्त्री यादवको भनाइ थियो ।