२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


उखु किसानलाई बक्यौता रकम तिर्न उद्योगीद्वारा लिखित सहमति


0
Shares

काठमाडौं, असार १० । गृह मन्त्रालयले उखु किसानलाई बक्यौता नतिर्ने चिनी उद्योगीलाई कारबाही गर्न ताकेता गरेपछि बक्यौता रकम तिर्ने लिखित सहमति गरेका छन् ।

गृह मन्त्रालयले उखु किसानलाई बक्यौता नतिर्ने चिनी उद्योगीको विवरण संकलन गरी कारबाही गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो ।

उखु कृषक संंघका अध्यक्ष उमेशचन्द्र यादवले हालसम्मको बक्यौता रकम दिने लिखित सहमति नवलपरासी प्रमुख जिल्ला अधिकारीको रोहबरमा चिनी उद्योगीले गरेको जानकारी दिए ।

उनले यस्ता सहमति पटक–पटक भएपनि कार्यान्वयन नभएको भन्दै पूर्णकार्यान्वयनका लागि आफूहरु बसिरहेको पनि बताए ।

चिनी उद्योगीले करिब १० अर्ब रुपैयाँ बक्यौता उखु किसानलाई दिन बाँकी रहेको यादवले जानकारी दिए ।