९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


जाजरकोटको खुर्पामा जिप दुर्घट्ना हुँदा दुई जनाको मृत्यु


0
Shares

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–५ खुर्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

खुर्पास्थित लक्ष्मी प्राप्ती माध्यमिक विद्यालयको भवन निर्माण सामग्री बोकेर गएको भे. १ ज ५७५ नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक कमल परियार र राप्ती ग्रील उद्योग जाजरकोटका मिस्त्री लुरे आलमको मृत्यु भएको हो ।

परियारको घटनास्थलमै र आलमको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।