Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निकै सुधार


0
Shares

काठमाडौं, कात्तिक १३ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निकै सुधार आएको छ ।

छातीमा संक्रमण र रगतमा सुगरको मात्रा बढेपछि उपचारका लागि सोमबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मंगलबार निकै सुधार आएको उनको उपचारमा संलग्न चिकित्सक प्रा. डा. अरुण सायमीले बताए ।

सोमबारको तुलनामा मंगलबार प्रधानमन्त्री निकै स्वस्थ देखिएको, खानेकुरासमेत राम्रोसँग खाएको र राम्रोसँग कुरा गर्नसक्ने भएको डा. सायमीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको दमसमेत सामान्य रहेको र ज्वरो निको भइसकेको छ ।

छातीको एक्सरे सामान्य देखिएको, मुटु र मिर्गौलाको अवस्था ठीक रहेको चिकित्सकहरुले बताएका छन् ।

अब दुई/तीन दिनपछि पूर्णरुपमा निको भएपछिमात्र डिस्चार्ज गरिने डा. सायमीले जानकारी दिए ।

दसैंका बेला बढी दौडधुप भएपछि सामान्य रुघाखोकी लागेका प्रधानमन्त्री ओलीलाई गत शुक्रबारदेखि ज्वरो आएको थियो ।

तर, आइतबार रातिदेखि लगातार खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या हुने भएपछि सोमबार बिहान सबेरै अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा डा. सायमीको संयोजकत्वमा डा. दिव्या सिंह शाह र डा. सन्तकुमार दास संलग्न छन् ।