५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024


वैदेशिक रोजगारीमा मलेसिया जान अब ५ हजार ८०० रुपैयाँमात्र


0
Shares

काठमाडौं, कार्तिक १३ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५ हजार ८०० रुपैयाँमात्र खर्चिए पुग्ने भएको छ ।

नेपाल र मलेसिया सरकारबीच सोमबार काठमाडौंमा भएको दुई पक्षीय समझदारीले डेढ लाखसम्म खर्चनुपर्ने बाध्यता हटाएको हो । समझदारीमा ‘सरकारलाई बुझाउने श्रमिक कल्याणकारी कोषको एक हजार र बिमाको ४ हजार ८२५ रुपैयाँबाहेक सबै खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधन मन्त्री कुला सेगरनले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

कामदार पठाउन लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच खर्च रोजगारदाताबाटै बेहोर्नेगरी मलेसियाले जिम्मेवारी लिएको श्रममन्त्री विष्टले बताए । –कान्तिपुर दैनिकबाट