
पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा हुलास काठमाडौं रोयल्सले लगातार दोस्रो जित हात पारेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा काठमाडौंले विराटनगर टाइटन्सलाई ५ विकेटले हराएको हो ।
विराटनगरले दिएको १ सय ५० रनको चुनौती काठमाडौंले खेलमा ४ बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंको लागि भारतीय खेलाडी गौरब तोमरले ६६ रन जोड्दा अमित श्रेष्ठले ३५ रनको योगदान दिए ।
यसअघि खेलमा टस जितेर पहिले व्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।
विराटनगरका लागि पाकिस्तानी ब्याट्सम्यान मुहम्मद जैद आलमले ६७ रन जोड्दा सुनिल धमला र राजेश पुलामीले ३०–३० रन जोडे ।
बलिङतर्फ काठमाडौंका बसन्त रेग्मी, सुसन भारी र गौरव तमोरले २–२ विकेट लिए ।
पीपीएल क्रिकेटमा आज हुने दोस्रो खेलमा चितवन राईनोज र पोखरा पल्टन भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्