६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


लेस्टर सिटीका थाई मालिक श्रीवद्धनाप्रभाको हेलिकोप्टर दुर्घटनामा परेर निधन


0
Shares

काठमाडौं । इङ्लिस प्रिमियर फुटबल क्लव लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको छ ।

गत शनिबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेल हेरेर फर्किने क्रममा भएको हेलिकोप्टर दुर्घटनामा क्लबमा मालिक थाइल्याण्डका अर्बपति श्रीवद्धनाप्रभाको मृत्यु भएको क्लबले पुष्टी गरेको छ ।

श्रीवद्धनाप्रभासँगै लेस्टर सिटीका थप दुई कर्मचारी, पाइलट र अर्का एक यात्रीको निधन भएको जनाइएको छ ।

श्रीवद्धनाप्रभा थाइल्याण्डका चौथो धनी अर्बपति हुन् । हाल उनी लण्डनमा बस्दै आएका थिए ।

गत शनिवार खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै हेलिकोप्टर उडेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार यसको केहीबेरमै हेलिकोप्टर एक्कासी आकाशमा घुम्दै कार पार्कमा बजारिएको थियो ।

वरपर रहेका प्रहरीले हेलिकोप्टरको सिसा फोड्न खोज्दा आगो लागेर पड्कँदा कसैलाई बचाउन सकिएको थिएन ।

क्लबका मालिक श्रीवद्धनाप्रभाले लेस्टरको स्वरुप फेर्न मुख्य भूमिका खेलेका थिए ।

क्लबले सन् २०१६ मा प्रिमियर लिग उपाधि जित्दा उनले प्रत्येक खेल मैदानमा आएर हेर्थे ।

उनले सन् २०१० मा क्लब किनेयता क्लबले लगातार राम्रो प्रदर्शन गरिरहेको छ ।