
काठमाडौं, असार १० । राष्ट्रिय परीक्षा बोर्डले आगामी वर्षदेखि विद्यालयस्तरीय एसइई परीक्षा प्रदेश तहबाट सन्चालन गर्ने जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको काठमाडौं शाखा कार्यालयले आइतबार राजधानीमा एक कार्यक्रम गरी एसइईको परीक्षा प्रदेशस्तरबाटै सन्चालन गर्ने र कक्षा–१०, ११ र १२ का सबै रेकर्डहरुलाई डिजिटल प्रणालीमा राख्ने जानकारी दिएको हो ।
गुणस्तरीय परीक्षणका लागि दैनिक ५० भन्दा बढी उत्तरपुस्तिका परीक्षण गर्न नपाइने र रजिष्ट्रेसन र परीक्षा आवेदन फारामलाई अनलाइनबाट भर्ने व्यवस्था गरिने शाखा प्रमुख जंगबहादुर अर्यालले जानकारी दिए ।
अर्यालले नतिजा प्रकाशन समयमा गर्ने र उत्तरपुस्तिका परीक्षणलाई थप विश्वसनीय बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्