९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


काठमाडौंको तारकेश्वरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु


0
Shares

काठमाडौं, कार्तिक ९ । काठमाडौंको तारकेश्वर नगरपालिकामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

सिमेन्ट बोकेर आउँदै गरेको ना६ख ७८२६ नम्बरको ट्रकले पुरानो गुहेश्वरीमा पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोर्खा बुङ्कोट घर भई तारकेश्वरमा बस्दै आएकी तीलकुमारी तिवारी र उनका नाती आरजित तिवारी रहेका छन् ।

दुर्घटनामा नुवाकोट सिउडेनीकी सावित्री पुडासैनी घाइते भएकी छन् । उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । सहचालकले ट्रक चलाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनापछि सहचालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।