
सिन्धुली, कार्तिक ९ । सिन्धुलीको पीपलभन्ज्याङ–हायुटार क्षेत्रमा ग्रामीण सडक निर्माण गर्न थालिएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका सडक तथा भौतिक पूर्वाधार निर्माणअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा करिव ४० करोड रुपैयाँको लागतमा सडक निर्माण गर्न थालिएको हो ।
२८ किलोमिटर लामो पीपलभन्ज्याङ–हायुटार सडक निर्माणको काम सुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । यो सडक निर्माणपछि भद्रकाली, अमले, बस्तीपुरलगायतका ग्रामीण क्षेत्रका बासिन्दाले प्रत्यक्ष सुविधा पाउने छन् ।
सडक निर्माणपछि स्थानीय उत्पादन बिक्रीका लागि बजारसम्म पुर्याउन सहज हुने अपेक्षा स्थानीयवासीको छ । सडक निर्माणको काम कार्तिक महिनाभित्रै सकिने जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्