१९ चैत्र २०७९, आइतबार | Sun Apr 2 2023


प्रतिनिधिसभाले असोज २ भित्र सबै कानुन निर्माण गर्छ : सभामुख महरा


0
Shares

चितवन, असार १० । सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र प्रतिनिधिसभामार्फत् ल्याइनुपर्ने कानुनहरु पूरा गरिने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभाको आइतबार भरतपुरमा उद्घाटन गर्दै सभामुख महराले प्रतिनिधिसभामा धेरै कानुन बन्न बाँकी रहेकाले स्थानीय तहसम्म समस्या परेको उल्लेख गर्दै असोज २ गतेपछि कुनै समस्या नहुने दाबी गरे ।

उनले संघीयताको कार्यान्वयन नै वर्तमान सरकारको मुख्य काम रहेको बताए ।

केन्द्र सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नीतिलाई स्थानीय तहसम्म कार्यान्वयनको पक्षमा लैजान उनले सुझाव दिए ।

उनले अहिलेपनि संघीयताका पक्ष–विपक्षमा बहस भइरहेकाले विपक्षमा बहस नगर्न सबैपक्षसँग आग्रह गरे ।

‘संघीयताको गाम्भिर्यता, वर्तमान सरकारको बजेट र सिंहदरबारको अधिकार गाँउगाँउमा यी सबै सम्बन्धित छन्’–उनले भने ।

संघीयताको कार्यान्वयन हुनेबित्तिकै सबै विषय कार्यान्वयन हुने उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३४ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ ।