
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, असार १० । महाकाली नदीको तटबन्ध निर्माणमा ढिलाइ भएपछि स्थानीयले समयमै काम सम्पन्न गर्नुपर्ने मागसहित तटबन्ध कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
तटबन्ध नहुँदा वर्षात्मा बाढीको जोखिम बढेको भन्दै कन्चनपुरको भीमदत्त नगरपालिका–९ का स्थानीयले आइतबार ‘जनताको तटबन्ध’ कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
कार्यालयका प्रमुख प्रचण्डदेव विष्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले विभिन्न बहानामा काम रोक्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने, पुनःनिर्माणको काम समयमै सम्पन्न गर्न आवश्यक संयन्त्र बनाउनुपर्ने, महाकाली नदीले गराएको क्षतिको क्षतिपूर्तिका लागि पहल गर्नुपर्नेलगायतका माग गरेका छन् ।
महाकाली नदीको कटान नियन्त्रणका लागि आर्थिक वर्ष ०७४/०७५ मा जनताको तटबन्ध कार्यालयले गत वैशाखमै काम सक्नुपर्ने शर्तमा ५७ करोड रुपैयाँको ठेक्का दिएको थियो ।
तर, कार्यालय प्रमुख विष्ट भने ठेकेदारलाई भुक्तानी दिन नसक्दा काममा समस्या भइरहेकोे बताउँछन् ।
सरकारले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही नगरे आफूहरुले कारबाही गर्ने स्थानीयको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस्