
काठमाडौं, कात्तिक ७ । पछिल्ला दिन ऋणात्मक रहँदै आएको सेयरबजारमा बुधबार सुधार आयो ।
नेप्सेले अनलाइन कारोबार सुरु गर्न लागेको चर्चासँगै बजार हरियो भएको विश्लेषण गरिएको छ ।
बुधबार मध्याह्नसम्म स्थीरजसो रहेको नेप्से कारोबारको अन्तिम समयतिर उकालो लागेको हो । नेप्से ८ अंकले उकालो लागेर १२ सय ४९ अंक पुग्यो ।
यसदिन कारोबार भएका सबै समूह हरियो रहे । होटल समूहमा सबैभन्दा उच्च ७० अंकको वृद्धि आयो । निर्जीवन बिमा समूह पनि ६३ अंकले उकालो लाग्यो । जीवनबिमा र उत्पादनमूलक समूह पनि दोहोरो अंकले बढे । अरु समूह सामान्य अंकले हरियो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीका ८ लाख ९१ हजार कित्ता सेयर २३ करोड २९ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्