१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


पोखरा प्रिमियर लिगको विजेताले २७ लाख पाउने


0
Shares

काठमाडौं, कात्तिक ७ । पोखरामा यसै साताबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्ने भएको छ ।

क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सन्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीलाई रु २७ लाख दिने निर्णय भएको क्विन्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले रु १० लाख पाउनेछ भने ‘म्यान अफ दी सिरिज’, उत्कृष्ट ‘ब्याट्सम्यान’ र उत्कृष्ट ‘बलर’ले सुजुकी जिक्सर १५५ सीसीको एक/एकथान मोटरसाइकल पाउनेछन् ।

प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीले रु १० हजार र प्रायोजकहरुबाट पाँच हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

त्यस्तै, पीपीएलको प्रत्येक खेलको विजेता टोलीले रु १५ हजार ५०० प्राप्त गर्नेछ ।

प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स, चितवन राइनोज, बुटवल ब्लास्टर र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । रासस