
काठमाडौं, कात्तिक ७ । अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघ (क्युएफए)बीच फुटबल विकासका लागि पाँचवर्षे सम्झौता भएको छ ।
बुधबार कतारको फुटबल मुख्यालय दोहामा भएको सम्झौतामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अल तानीले हस्ताक्षर गरेका छन् ।
दुई राष्ट्रबीच फुटबल व्यवस्थापन, प्राविधिक पक्ष, प्रशिक्षक, रेफ्री र खेलाडीको आदान–प्रदानसहित विभिन्न १७ बुँदामा सम्झौता भएको एन्फाले जनाएको छ ।
सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा र सहिद स्मारक ‘ए’ डिभिजन लिग कमिटीका संयोजक विज्ञानराज शर्मा गत सोमबार दोहा गएका थिए ।
कतारले सन् २०२२ को विश्वकप आयोजना गर्दैछ ।
एन्फाले यसअघि जापान फुटबल संघसँग सम्झौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्