
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बस्ने बैठकमा प्रदेश र जिल्ला कमिटीलाई पूर्णता दिने विषयमा थप छलफल हुने बताइएको छ ।
पार्टीका विभाग गठन र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने विषयमा छलफल केन्द्रीत हुने छ ।
त्यसैगरी पोलिटव्यूरो सदस्य र संख्याका विषयमा पनि छलफल हुने बताइएको छ ।
सचिवलायको बैठक पछिल्लो समय लगातार जस्तो बस्दै आए पनि पार्टीका विभिन्न निकाय र तहको एकताको प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।
प्रदेश तहको नेतृत्व तोकिए पनि त्यसको विधि र प्रक्रियामा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाउँदै आएका छन् ।
आजको बैठकमा महासचिव विष्णु पौडेलले नेता नेपालले उठाउँदै आएको विषयलाई समेटेर कमिटी गठन गर्दा अपनाइने मापदण्डको नयाँ खाका पेश गर्ने पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्