१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


मध्यभोटेकोसीले आइपीओ बिक्री गर्दै


0
Shares

काठमाडौं, कात्तिक ६ । मध्यभोटेकोसी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीकारुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाले रु एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता सीमित साधारण सेयर बिक्री गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते सीमित साधारण सेयर बिक्रीका लागि स्वीकृति दिएको हो ।

उक्त सेयरमा आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३७ प्रतिशत सेयर रहेको छ । यस्तै, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत लगानी रहेको छ ।

यस्तै, सिन्धु भोटेकोसी हाइड्रोपावर कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु इन्भेस्टमेन्टको समान एक/एक प्रतिशत सेयर रहेको छ ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, स्थानीयवासी र आम सर्वधारणको गरी कुल ४९ प्रतिशत सेयर रहनेछ । यस्तै, लगानीकर्ता संस्थाको कुल ५१ प्रतिशत सेयर रहनेछ ।

आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेको छ ।

आयोजनाको हाल कुल भौतिक प्रगति ४५ प्रतिशतको हाराहारीमा रहेको छ । रासस