२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सेयरबजार ऋणात्मक नै


0
Shares

काठमाडौं, कात्तिक ६ । मंगलबार पनि सेयरबजार ऋणात्मक नै रह्यो ।

यसदिन पनि बजार परिसूचक नेप्से ३ अंक बराबरले घटेर १२ सय ४१ अंकमा आएर थामियो । कारोबार पनि न्यून नै रह्यो ।

यसदिन उत्पादनमूलक, वाणिज्य बैंक तथा वित्त समूह सकारात्मक रहे भने अरु ऋणात्मक रहे ।

उत्पादनमूलक समूह ३१ अंकले उकालो लागे पनि वित्त र वाणिज्य बैंक समूह नगन्य अंकलेमात्र हरियो रहे ।

यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च ७१ अंकले ओरालो लाग्यो । जीवनबिमा समूह पनि ३१ अंकले झर्‍यो । लघुवित्त, विकास बैक, जलविद्युत् र अन्य समूह सामान्य अंकले ओर्लिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका ८ लाख कित्ता सेयर १९ करोड ८७ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।