
काठमाडौं, कात्तिक ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले सरकारको काम गराइको शैलीमाथि मूल्यांकन गर्ने काम भइरहेको बताएका छन् ।
रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले सरकारले गरेका कामको प्रभावकारिताका विषयमा गम्भीर समीक्षा भइरहेको जानकारी दिए ।
पौडेलले भने–‘मान्छे हेरफेर गर्दैमा प्रभावकारिता आउँदैन । तर, मन्त्रिपरिषदमा हेरफेर गर्न छलफल हुनसक्छ ।’
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनालीले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले बागलुङमा हावाबाट बिजुली निकाल्ने परियोजना सुरु गरिएको, तिहारपछि सानो आकारको पानीजहाजको सम्भाव्यता अघि बढेको र नेपालको उत्तरी नाकामा राजश्वको उठ्ती २०० प्रतिशतले बढेकोलगायत काम भएको बताए ।
नेपाली कांग्रेसका नेता एनपी साउदले स्थीरता र समृद्धिको नारा दिने सरकारले देशलाई समृद्ध बनाउने पक्षमा असफल भएको आरोप लगाए ।
नेकपा (माले) का महासचिव सीपी मैनालीले दुईतिहाइ जनसमर्थनबाट बनेको सरकारले गरेको काम सन्तोषजनक हुन नसकेको जिकिर गरे । रासस
प्रतिक्रिया दिनुहोस्