१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


सुलभ मास्केको गोल ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा


0
Shares

काठमाडौं, कार्तिक ६ । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ ।

अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट १० गोलमा सुलभको गोल परेको हो । 

अष्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग क्लब हेलेनिक एट्लेटिकबाट व्यवसायिक फुटबल खेल खेल्दै आएका सुलभले वेष्टर्न सिड्नी क्लबविरुद्ध गरेको गोल वर्ष गोल अवार्डका लागि मनोनित भएको अष्ट्रेलिया फुटबल महासङ्घले जनाएको छ । 

मनोनयनमा परेका १० गोलमध्ये समर्थकको भोटको आधारमा विजेता घोषित गरिनेछ । वर्ष गोल अवार्डका लागि यही कार्तिक ७ गतेसम्म भोट गर्न सकिनेछ । सर्वाधिक मत पाउने गोलले वर्ष गोल अवार्डको उपाधि जित्नेछ । (रासस)