१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


कम्बाइन मेसिनको ठक्करबाट एक जना वृद्धको मृत्यु


0
Shares

मनिष गुप्ता/ईमेज

कपिलवस्तु । धान काट्ने कम्बाइन मेसिनको ठक्करबाट कपिलवस्तुमा एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शिवराज नगरपालिका ४ चनई बस्ने ६० वर्षीय महबुब मुसलमान रहेका छन ।

सोमबार बिहान १० बजेको समयमा मेहबुबकै खेतको धान काट्ने क्रममा लु ३ त १३४१ नम्बरको कम्बाइन मेसिन ब्याक गर्दा ठक्कर दिएको थियो ।

कम्बाइनको ठक्करबाट गम्भिर घाइते भएका मेहबुबलाई उपचारका लागि बुटवल लगिएको थियो ।

तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई भरतपुर चितवन पुर्याइएको थियो ।

उपचारकै क्रममा गम्भीर घाइते मेहबुबको मृत्यु भएको बताइएको छ । उनको मृत्युपछि मात्र परिवारले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाले चालक र कम्बाइन मेसिनलाई सोमबार साझ नियन्त्रणमा लिएको जनाएको छ ।

मृतकको शव भरतपुरमै आज पोष्टमाटम गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।