Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


क्यानेडियन नागरिकले बनाइदिए ३२ लाख रुपैंयाँ बराबरको विद्यालय भवन


0
Shares

काठमाडौं । विनाशकारी महाभूकम्पमा परी क्षतिग्रस्त बनेको नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ को फुयाँल डाँडा रहेको बनदेवी प्राविको तीनकोठे पक्की भवन क्यानेडियन नागरिकहरुको सहयोगमा निर्माण गरी हस्तान्तरण गरिएको छ ।

क्यानेडिन नागरिकहरुको ३२ लाख बराबरको सहयोगमा निर्मित उक्त भवन सोमबार एक समारोहबीच हस्तान्तरण गरिएको हो ।

समारोहमा बोल्दै क्यानेडियन नागरिक रब टोनरले आफूहरुले यही विद्यालयबाट उत्पादित विद्यार्थी क्यानडाको विश्वविद्यालयमा अध्ययन गरेको हेर्न चाहेको बताए ।

त्यस्तै नेवि संघका पूर्व केन्द्रीय सदस्य लाओस राईले क्यानेडियन नागरिकहरुको सहयोगप्रति धन्यवाद दिंदै बीपी कोइरालाले प्रवासमा रहँदा निजी विद्यालय छाडेर सामूदायिक विद्यालयमा नै पढने अठोट गरेकाले यहाँका बालबालिकाले पनि सामूदायिक विद्यालय रोज्नुपर्नेमा अभिप्ररित गरे ।

राईले आफ्नो प्रकाशनको तयारीमा रहेको पुस्तक बेचेर सोही विद्यालयलाई एक थान कम्युटर हस्तान्तण गर्ने समेत प्रतिबद्धता जनाए ।

वडाध्यक्ष मणिनाथ घिमिरेलगायत स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधिलगायतले विद्यालय निर्माणमा पुर्याएको सहयोगप्रति कृतज्ञता ब्यक्त गरे ।