१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


आर्सनलद्धारा लेष्टर सिटी पराजित, अंक तालिकामा शीर्ष पाँचको भिडन्त रोचक


0
Shares

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेष्टर सिटीलाई ३–१ ले हराएको छ ।

गएराती आफ्नै मैदानमा भएको खेलमा आर्सनल ३–१ ले विजयी भयो ।

घरेलु टोलीका लागि पिएरे एमरिक औबामायङ्गले दुई गोल गर्दा मेसुत ओजिलले एक गोल गरे ।

आर्सनलकै हेक्टर बेलरिनले एक आत्माघाति गोल गरेपछि लेष्टर सिटीले हार अन्तर कम गर्‍यो ।

गएरातीको खेलपछि ९ खेलबाट २१ अंक जोडेको आर्सनल फेरी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

तेस्रो स्थानको चेल्सी र पाँचौ स्थानको टोटनह्याम हट्सपरको पनि २१–२१ अंक नैं रहेको छ ।

लिगमा २३ अंक जोडेका म्यान्चेस्टर सिटी र लिभरपूल क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।