१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


लेक लागेर स्पेनिस नागरिकको मृत्यु


0
Shares

सोलुखुम्बु, कार्तिक ५ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ स्थित जोङ्ला भन्ने स्थानमा लेक लागेर सोमबार एक विदेशी पर्यटकको मृत्यु भएको छ ।

दिउँसो साढे १२ बजे भ्रमणका लागि जोङलाबाट चोलापास जाने क्रममा अचानक लेक लागेर स्पेनिस नागरिक फ्रान्सिस्को एन्टोनियोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

लेक लागेर अचानक बिरामी भएका उनलाई तत्काल उद्धार गरी उपचारको लागि अल्टिच्युट एयरको हेलिकप्टरद्वारा दिउँसो १ बजे पासाङल्हामु निकोल निक्की अस्पताल लुक्ला पठाइएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

उनको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि अपरान्ह सवा ४ बजे काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगंज पठाइएको जिप्रका सोलुले जनाएको छ ।