
काठमाडौं, कार्तिक ५ । सोमबार शेयर बजार सामान्य अंकले ऋणात्मक रह्यो ।
दशैंको बिदापछि आइतबारदेखि खुलेको शेयर बजार आइतबार सामान्य हरियो रहे पनि सोमबार पुनः ऋणात्मक रह्यो । उतारचढावबीच बजार परिसुचक नेप्से २ अंक बराबरले घटेर १२४४ कायम भएर थामियो ।
यसदिन आधाभन्दा बढी समूह हरियो रहे पनि नेप्से ऋणात्मक रहेर थामिएको हो ।
सोमबार उत्पादनमूलक, जीवन तथा निर्जीवन बीमा समूह, वाणिज्य बैंक तथा व्यापार समूह ओरालो लागे । उत्पादनमूलक समूह सबैभन्दा उच्च ६२ अंकले ओरालो लाग्यो । अरु समूह सकारात्मक रहे ।
होटल समूह सबैभन्दा उच्च २१ अंकले उकालो लागे पनि अरु सामान्य अंकले हरियो रहेका हुन् । यसदिन नेपाल स्टक एक्सचेन्जमा १४१ कम्पनीको ७ लाख ३० हजार कित्ता शेयर १६ करोड ९८ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्