१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


अदालतका आदेश सरकारले कार्यान्वयन नगरेको प्रधानन्यायाधीशको गुनासो


0
Shares

भैरहवा, कार्तिक ५ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतका आदेशहरु सरकारले कार्यान्वयन नगरेको बताएका छन् ।

आज भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अदालतका फैसलाहरु २० प्रतिशत पनि कार्यान्वयन नभएको बताए । न्यायको अनुभूति दिलाउन सरकारले अदालती आदेशहरु कार्यान्वयन गर्नुपर्ने प्रधानन्याधीश मिश्रको सुझाव थियो ।

अर्को एक प्रसंगमा प्रधानन्यायाधीश मिश्रले जनस्वास्थ्यसँग खेलवाड हुने विषयमा मुद्दा आए समाजको हितमा फैसला गरिने स्पष्ट पारे । उनले जिल्ला र उच्च अदालतहरुले समयसीमाभित्र मुद्दाहरु फर्छ्यौट गरे पनि न्यायाधीशहरुको अभावमा सर्वोच्चमा मुद्दाको चाप यथावत रहेको बताए ।