
बिराज रोस्यारा
कैलाली, कार्तिक ५ । कैलालीको धनगढी उपमहानगरपालिका–२ मा रहेको जुत्ता गोदाममा आगलागी भएको छ ।
मुख्य बजारमा रहेको सरस्वती र गणेशलक्ष्मी इन्टरप्राइजेजमा आगलागी भएको हो । गणेश लक्ष्मी इन्टरप्राइजेजको माथिल्लो तलामा एक्कासी दिउँसो करिब पौने चार बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।
आगलागीको कारण खुलेको छैन । आधा घण्टादेखि आगो नियन्त्रणको प्रयास भए पनि नियन्त्रणमा आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्