२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘ऋण लिएर मनाएको दशैंले पीडा दियो’


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, कार्तिक ५ । प्रत्येक दशैंका बेला पाउने सामाजिक सुरक्षा भत्ता कपिलबस्तुका ज्येष्ठ नागरिकले यसबर्ष पाएनन् । परिणामस्वरुप दशैंले खुसी, हर्षभन्दा पनि दुःख दिएको उनीहरुको गुनासो छ ।

ऋणको व्यवस्था गरेर मनाएको दशैंले पीडा दिएको ज्येष्ठ नागरिकहरु बताउँछन् ।

नेपाल सरकारबाट पाउने सामाजिक सुरक्षा बापतको भत्ता नपाउदा यस पटकको दशैं उनीहरुको खल्लो बनेको हो । स्थानीय निकायले समयमै निकासा लैजान नसकेपछि यस बर्ष दशैं अघि सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको बताइएको छ ।

कपिलवस्तु नगरपालिकाका ८० बर्षीय राधेश्याम गुप्ताले दशैंजस्तो महान चाडमा भत्ता नपाउदा दुःखी बनाएको बताए ।

यशोधरा गाउँपालिका–४ का  शिवनाथ पासीले समेत दलित बालबालिकाले पाउने सुरक्षा भत्ता नपाएको गुनासो गरे ।

सरकारले ७० बर्ष नाघेका ज्येष्ठ नागरिकले मासिक हजार र उपचार खर्च बापत थप एक हजार गरी दुई हजार मासिक पाउने ब्यवस्था गरेको छ । दशैंजस्तो महान चाडमा समेत भत्ताबाट बञ्चित हुनु पर्दा उनीहरु दुःखी भएका छन् । यहाँ ज्येष्ठ नागरिकमात्र होईन, एकल महिला, अपांग, लोपोन्मुख जातिसमेत सामाजिक सुरक्षा भत्ता नपाउँदा निराश बनेका छन् ।