१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


आहा ! क्या, सुहाँउदिलो ढाका: देश-विदेशमा चम्किदै(भिडियो)


0
Shares

-लक्ष्मी लामा र सहदेव केसी(ईमेज)

काठमाडौं । नेपाली समाजमा ढाका कपडाको प्रयोग मौलिक पहिचानसंग गांसिएको पाइन्छ ।

विशेष अबसरहरुमा मात्र नभइ दैनिक जिवनमा पनि यसबाट बन्ने पोशाकहरु लगाउने जमात प्रशस्त भेटिन्छन् ।

ढाकाको कपडाबाट बन्ने पोशाकहरु प्रतिको आकर्षणले यसको माग पनि बढ्दै गएको छ ।

नेपाली जातिको पहिचानसंग गांसिएको ढाका कपडाको प्रयोग लामो समयदेखि हुंदै आएको छ ।

कुनै निश्चित समुदाय, स्थान र व्यक्ति विशेषमा मात्रै यसको प्रयोग सिमित छैन ।

दौरा सुरुवाल, टोपी, चोली जस्ता ढाका कपडाबाट बन्ने पोशाकहरु प्रत्येक उमेर समुहका व्यक्तिले लगाउने गरेका छन् ।

विभिन्न चाडबाड, विवाह लगायतका विशेष अबसरहरुमा पनि ढाका कपडाबाट बनेका पोशाकहरु लगाउदा यसको प्रयोग संस्कृतिसंग समेत जोडिन थालेको देखिन्छ ।

ढाका कपडाबाट बन्ने पोशाकहरु नेपालीको मौलिक पहिचान जस्तै भएकाले यस्ता पोशाक लगाउंदा पृथक देखिने हुंदा युवायुवती माझ यसको आकर्षण बढ्दै गएको ढाका कपडा व्यापारी गोपाल बख्रेल बताउँछन् । 

स्थानिय कच्चा पदार्थ र सीप प्रयोग गरेर घरेलु उत्पादनका रुपमा पनि ढाकाका कपडाहरु बनाउने गरिन्छ ।

यस्ता कपडाले शरीरलाई मौसम अनुकुल बनाइ राख्न पनि मद्धत पुर्‍याउंछ ।

हेर्दा राम्रो देखिने,आकर्षक हुने भएकाले अहिलेको पुस्तामाझ ढाकाका कपडाबाट बनेका विभिन्न पोशाकहरु लोकप्रिय छन् ।

हाल आएर ढाका कपडाको माग स्वदेशमा मात्र नभई विदेशमा समेत बढ्दो छ ।

यसले गर्दा पनि नेपालको कला र मौलिकताको समिश्रण र कलात्मतालाई कायमै राखी यसको उत्पादन बढाउदै लैजानु पर्दछ ।