१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


वडादशैंको टीका लगाउने क्रम जारी, सरकारी कार्यालयहरु खुले


0
Shares

काठमाडौं । वडादशैंमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी छ ।

कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।

कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास रहिआएको छ ।

यता, दशैंको अवधिभर बन्द रहेका सरकारी कार्यालयहरु हिजोबाट खुलेका छन् ।

सरकारले यो वर्षदेखि द्वादशीको दिन पनि विदा कटौती गरेपछि फूलपातीको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु हिजोबाट खुलेका हुन् ।

अघिल्लो वर्षसम्म द्वादशीको दिन पनि विदा हुने गरेको थियो ।

सरकारी कार्यालयहरु खुलेपछि दशैंको माहोलमा रमाएका सर्वसाधारणको दैनिकि पनि विस्तारै नियमित अवस्थामा फर्किएको छ ।

(तस्विरः नेवि संघका केन्द्रीय सदस्य जयराम दाहालको फेसबुकबाट)